सुन तस्करीका नाईके गोरे जेल फर्किए

२०८२ भाद्र २७, शुक्रबार

काठमाडौं : जेन-जी आन्दोलनका क्रममा जेलबाट फरार रहेका चुडामणि उप्रेती (गोरे) जेल फर्किएका छन् ।

गोरे सुन तस्करीमा संलग्न व्यक्ति हुन् । उनी जेन-जीको आन्दोलनका क्रममा मंगलबार जेलबाट भागेका थिए । गृह प्रशासनले जेलबाट फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै गोरे फरार भएको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागार आएका हुन् ।

प्रशासनले कारागार नफर्किए कानुन अनुसार सशक्त कारबाही गर्ने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार