रास्वपा कञ्चनपुर सभापति विष्टले त्यागे पार्टी

२०८२ भाद्र २७, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरका पार्टी सभापति पदम विष्टले पार्टी परित्याग गरेका छन् ।

रास्वपा कञ्चनपुरका संस्थापक सभापति (प्रमुख) विष्टले पार्टी परित्याग गरेका हुन् । तीन वर्षदेखि रास्वपा जिल्लाको प्रमुख जिम्मेवारीमा रहेका विष्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरेर पार्टी परित्याग घोषणा गरेका छन् ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति विष्टले आजैका मितिदेखि लागू हुने गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । १५ साउन ०७९ महेन्द्रनगरमा पार्टी सभापति रवि लामिछानेकै उपस्थितिमा रास्वपा कञ्चनपुरको पहिलो जिल्ला भेलाबाट विष्टलाई सभापति बनाइएको थियो ।

गत वर्ष ११ पुस ०८१ बेलौरीमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनबाट विष्ट नै सभापतिमा दोहोरिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार