सरकारलाई सफलताको कामना गर्दछु : कुलमान घिसिङ

२०८२ भाद्र २८, शनिबार

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री शुशिला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन्।

देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको बताउँदै उनले देश र जनताको हितको लागि सबै एक भएर सहयोग गरी अगाडि बढ्नुपर्ने बताए। जेन्जी पुस्ताले सुरु गरेको आन्दोलनको माग र आकांक्षालाई सम्बोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व भएको बताउँदै उनले सरकारलाई सफलताको कामना समेत गरेका छन्।

‘सम्मानीय प्रधानमन्त्री शुशिला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक वधाई व्यक्त गर्दछु,’ उनी लेख्छन्, ‘देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ। देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्छ। जेन्जी पुस्ताले शुरू गरेको आन्दोलनको माग र आकांक्षालाई सम्वोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो। सरकारलाई सफलताको कामना गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार