काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः कारागार फर्किएका छन् ।
केही दिनअघि जेनजी आन्दोलनका क्रममा रिहा भएका उनले आज स्वैच्छिक गिरफ्तारी दिएका हुन् । रविलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म छोडेका हुन् । जानुअघि रविले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए ।
आफ्नो कारणले देशभरका कैदीहरू जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको रविको आरोप रहेको छ । रवि जेलबाट छुटेको विषयमा उनी माथि पनि व्यापक आलोचना भइरहेका वेला कारागार नै फर्किएका हुन् ।





