बौद्ध भाटभटेनीभित्र ६ पुरुषको शव फेला

२०८२ भाद्र २९, आईतवार

काठमाडौं : बौद्धमा रहेको भाटभटेनीमा ६ वटा शव भेटिएको छ। प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन्।

डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ। डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो।

२३ भदौमा जेनजीको आन्दोलन भएको थियो। जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार