गीतकार खतिवडाको नयाँ गीत ‘जमाना आजकल’ सार्वजनिक

२०८२ भाद्र २९, आईतवार

काठमाडौँ : गीतकार नारायण खतिवडाले शब्द सिर्जना गरेको नयाँ गीत ‘जमाना आजकल’ हालै सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतले शीर्षककै झल्को दिनेगरी वर्तमान समाजमा भइरहेको तीव्र सांस्कृतिक रूपान्तरण र त्यसका असरलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । गीतमा सामाजिक मूल्य–मान्यता आएको रूपान्तरणलाई चिरफार गरिएको छ ।

जीवन्त स्वर र संगीतको समिश्रण रहेको गीतलाई मनोज सङ्सोन राईले संगीत र एरेन्ज गरेका छन् । स्वरमा भने स्वयं मनोज सङ्सोन राईसँगै सुरेश पायल राई र बिनुसा राईको सुमधुर स्वर रहेको छ ।

गीतको भिडियोमार्फत् आफ्नो पहिचान जोगाउन सन्देश दिन चाहेको छ । गीतले संस्कृति, पहिरन र पहिचानको प्रश्न उठान गरेको पाइन्छ । जसमा  दौरा–सुरुवाल, ढाका टोपी, गुन्यू–चोली, फरिया जस्ता नेपाली परम्परागत पोशाकलाई  फेशनले विस्थापित गरिरहेको विषय उठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार