जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने निर्णय

२०८२ भाद्र २९, आईतवार

काठमाडौं : जेन-जी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूलाई सरकारले शहिद घोषणा गर्दै प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन्। मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको र त्यही अनुसार उपचार गर्ने काम भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार