मकवानपुरमा पतिलाई खाँबोमा बाँधेर सुत्केरीलाई बलात्कार

२०८२ भाद्र २९, आईतवार

हेटौँडा : मकवानपुरमा दुईमहिने सुत्केरीमाथि बलात्कार भएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाकी महिलामाथि गत शुक्रबार बलात्कार गरिएको हो।

राक्सिराङ गाउँपालिका-१, स्थित विपन्न परिवारकी अन्दाजी २६ वर्षीया सुत्केरी महिलालाई शुक्रबार राति उनको घरैमा बलात्कार गरिएको गाउँपालिका प्रमुख राजकुमार मल्लले जानकारी दिए।

उनका श्रीमान्‌लाई गोठको खाँबोमा बाँधेर सुत्केरी महिलालाई बलात्कार गरिएको हो। अहिले पीडित पक्ष र गाउँलेको टोलीले पीडकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्ने कार्य भइरहेका अध्यक्ष मल्लले बताए। पीडित सुत्केरी महिलालाई सुरक्षित स्थानमा राखिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार