लमजुङमा बोलेरो दुर्घटना, ७ जना घाइते

२०८२ भाद्र २९, आईतवार

लमजुङ : लमजुङको दोर्दी गाउँपालिकामा आइतबार बिहान ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। ताजेंबाट सदरमुकाम बेशीशहरतर्फ आउँदै गरेको ग १ ज ७५५५ नम्बरको बोलेरो दोर्दी गाउँपालिका-६, ढुङ्गेखोला (छोटेखोला) स्थित सडक खण्डमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक राजकिशोर शाहका अनुसार बिहान करिब ९:३० बजे जिपको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो। दुर्घटनालगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार