काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले राजीनामा दिएका हुन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।
हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।





