काठमाडौं : जेन-जी आन्दोलनपछि जेन-जी समूहको मुख्य नेतृत्वकर्ताका रुपमा देखिएका सुधन गुरुङले गरेको पत्रकार सम्मेलनमा तनाव भएको छ।
गुरुङ पत्रकार सम्मेलनमा आक्रोशित बनेपछि झण्डै हातहालाहालको अवस्था सिर्जना भएको छ । असली जेन-जी समूहलाई ‘हाइज्याक’ गरिएको आरोप गुरुङलाई लागेको छ । सामाजिक सञ्जालमा अधिक प्रश्न उठेपछि जवाफ दिन गुरुङले रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू पनि गुरुङमाथि खनिए । सो क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो । दुवैपक्षबीच धकेलाधकेल भएपछि पत्रकार सम्मेलन कक्ष तनावग्रस्त बनेको थियो ।





