प्याजको भाउ घट्यो

२०८२ भाद्र २९, आईतवार

काठमाडौं : स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो । समितिको तथ्यांक अनुसार आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि ३९ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३८ रुपैयाँ कायम छ ।

हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो । एक महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार