नारायणगढ मुग्लिन सडक अवरुद्ध

२०८२ आश्विन १, बुधबार

मुग्लिन : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक दुईतर्फि अवरुद्ध बनेको छ ।

वर्षासँगै चितवनको इच्छाकामना–५ तुइन खोला नजिकै आज साँझ करिब ८ः१५ बजेतिर पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए। पानी परिरहेको र ढुङ्गा खस्ने क्रम नरोकिएकाले पहिरो हटाउन कठिनाइ भएको उनले बताए ।

माथिबाट ढुङ्गा खसेपछि मात्र पहिरो हटाउने काम सुरु हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार