काठमाडौँ : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले संविधान दिवसका दिन जेनजी आन्दोलनमा मृत्यु भएकाहरुप्रति शोक व्यक्त गर्ने भएको छ।
बुधबार काठमाडौँमा बसेको पार्टी पदाधिकारीले बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता आभास लाभले जानकारी दिए। साथै बैठकले जेनजीको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई श्रदाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७३ जनाको मृत्यु हुनुका साथै सयौं युवा घाइते भएका थिए।





