मुग्लिन–नारायणघाट सडकखण्ड सुचारु

२०८२ आश्विन २, बिहीबार

काठमाडौँ : मुग्लिन–नारायणघाट सडकखण्डमा बिहीबार बिहान गएको सामान्य पहिरोका कारण एकतर्फी अवरुद्ध भएको सवारी आवागमन पुनः सुचारु भएको छ।

सडक विभाग, भरतपुरले दिएको जानकारीअनुसार मुग्लिन नजिकै तुइन खोलाको छेउमा बिहान पहिरो खसेपछि सवारी आवागमन केही समय प्रभावित भएको थियो। बिहान ८:३० बजेदेखि दुवैतर्फ यातायात सञ्चालनमा आएको विभागले जनाएको छ।

सडक सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो पन्छ्याएर दुबै तर्फको आवागमन सामान्य बनाउन सफल भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार