काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर २ लाख १५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय ५० रूपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर २ हजार ५ सय २० रूपैयाँ कायम भएको छ ।





