प्रधानमन्त्रीसँग भेटेर चिनियाँ राजदूतले भने- सरकारलाई आवश्यक सहयोग गर्छौं

२०८२ आश्विन २, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सयहोग गर्ने बताएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नाताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए।

‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’

कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार