काठमाडौंमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार

२०८२ आश्विन २, बिहीबार

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एकजना व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ ।

शिवचोकस्थित घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि खुकुरी हानिएको हो । खुकुरी प्रहारबाट पन्तको हात र टाउकोमा गहिरो चोट लागेको छ । अहिले उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उक्त घटनापछि प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ ।

तामाङ मदिरा सेवन गरी पन्तको कोठामा पुगेका थिए । तामाङलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार