काठमाडौं कमाण्डको जिम्मेवारी एसएसपी थापालाई

२०८२ आश्विन २, बिहीबार

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व फेरिएको छ ।

हाल वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले परिसरको कमाण्ड सम्हाल्दै आएका थिए । बिहीबार गृहमन्त्रालयले अधिकारीलाई हटाउँदै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एसएसपी रमेश थापालाई जिम्मेवारी दिएको हो । यसअघि थापाले जिल्ला प्रहरी कार्यालय कास्कीको समेत कमाण्ड सम्हालिसकेका छन् ।

अधिकारी गत माघमा काठमाडौ परिसरमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार