काठमाडौं : शरद ओझालाई बीमा प्राधिकरणमा हाजिर नगराउन अर्थमन्त्रालयउले लिखित पत्र लेखेको छ ।
सरकारले बर्खास्त गरे पनि त्यसमा उनले अल्पकालिन अन्तरिम आदेश पाएका थिए । त्यहि आदेश लिएर उनी प्राधिकरण गएपछि अर्थमन्त्रालयले रोक्न भनेको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार प्राधिकरणका अध्यक्ष ओझाले केकति कारणले प्राधिकरणमा हाजिर गरेको हो । त्यसको समेत जानाकारी गराउन र तत्कालको लागि राख्ने लिखित पत्र नै पठाएको छ । उनले भने, ‘हाजिर पत्र काटिएको छ । र त्यो पत्रमा जानाकारी गराउन समेत भनिएको छ ।’
ओझा अल्पकालिन अन्तरिम आदेश आएपछि मंगलबार र आज हाजिर गरेका थिए । सार्बोच्च अदालतले अन्तरिम आदेशको पेशी तोक्न बाँकी छ ।





