काठमाडौं : एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्।
उनले दिएको राजीनामा बैंक सञ्चालक समितिको आज असोज २ गते बसेको बैठले आजैबाट लागू हुनेगरी स्वीकृत गरेको हो ।
न्यौपानेको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।





