ठाकुर गैरे : आक्रमणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ

२०८२ आश्विन ४, शनिबार

काठमाडौँ : नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मुल आधार भएको उल्लेख गर्दै उनले दलहरूले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिए ।

राजनीतिक दलहरूले आत्म मूल्याङ्कन गर्दै सुदृढ भएर जनतामाझ जानुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । उनले जेनजी पुस्ताका मागहरू सम्बोधन गर्नको लागि जेनजीका अगुवाहरूलाई पार्टी कार्यालयमा बोलाएर आवश्यक छलफल गर्नुपर्ने बताए ।

उनले लोकतन्त्रलाई बलियो बनाउन सबै दल र राज्य संयन्त्र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार