इंग्लिस प्रिमियर लिग : लिभरपुलले एभर्टनलाई २–१ ले हरायो

२०८२ आश्विन ५, आईतवार

काठमाडौं : साबिक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार पाँचौँ जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनलाई २–१ ले हरायो । लिभरपुलको जितमा रायन ग्राभनबर्क र ह्युगो एकिटिकेले समान एक गोल गरेका थिए । यस नतिजासँगै प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलको पाँच खेलमा १५ अंक पुगेको छ । एभर्टनको पाँच खेलमा सात अंक छ ।

यसअघि लिभरपुलले सिजनको पहिलो खेलमा बर्नामाउथलाई ४–२ ले हराउँदै सानदार सुरुवात गरेको थियो । रोमाञ्चक बनेको दोस्रो खेलमा बलियो न्युक्यासललाई ३–२ ले हराउँदा आर्सनलविरुद्ध पनि १–० कै जित निकाल्यो ।

चौथो खेलमा पनि जित निकाल्ने क्रममा लिभरपुलले बर्नलीमाथि १–० को जित निकालेको हो । अब, लिभरपुलले बुधबार एफए कपमा साउथह्याम्पटमको चुनौती पछ्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार