चलचित्र ‘ऊनको स्वीटर’ ओटिटीमा रिलिज

२०८२ आश्विन ५, आईतवार

काठमाडौं : गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र ‘ऊनको स्वीटर’ अब ओटिटी प्लाटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ।

बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन्।

आर्टमान्डुले निर्माण गरेको ‘ऊनको स्वीटर’ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय संगीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो। मिडिया र स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक समीक्षा पाएको यस चलचित्रको निर्देशन र लेखन नवीन चौहानले गरेका हुन्।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, विल्सनविक्रम राई, भावना खपांगी मगर र सुनील पोखरेललगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको गीत सुजन चापागाईं र संगीत कोविद बज्रले निर्देशन गरेका हुन्। ‘ऊनको स्वीटर’ देशभरका करिब ४० वटा सिनेमा हलमा ५१ दिनसम्म सफलतापूर्वक प्रदर्शन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार