अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

२०८२ आश्विन ५, आईतवार

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयअन्तर्गत तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् ।

मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुखमा महेश आचार्यलाई नियुक्त गरेका छन् । यसअघि सो महाशाखाको प्रमुख रहेका सेवन्तक पोखरेललाई वित्तीय सङ्घीयता समन्वय महाशाखाको प्रमुख बनाइएको छ । यसैगरी, वित्तीय सङ्घीयता महाशाखाको प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसअघि तालिम केन्द्रको प्रमुखको रूपमा महेश आचार्यले काम गरिरहेका थिए । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले तीनै सहसचिवको जिम्मेवारी हेरफेर आइतबारबाट लागू भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार