काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।
हुतराज थापाले २८ भदौमा अवकाश पाएपछि विभागको नेतृत्व रिक्त थियो ।





