पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन

२०८२ आश्विन ५, आईतवार

काठमाडौं : सरकारले २३ र २४ भदौमा भएको घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ। कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन्।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यसससम्बन्धी निर्णय गरेको हो। आयोगको सदस्यमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्यमा चयन भएका छन्। आयोगलाई कार्यावधि तीन महिना दिइएको छ।

जाँचबुझ आयोग ऐनअनुसार यस्तो समिति गठन गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार