काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अस्ट्रेलिया शाखाको अध्यक्षमा विन्दु पौडेल निर्वाचित भएकी छन् ।
शाखाको तेस्रो अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ । वरिष्ठ उपाध्यक्षमा प्रकाश सापकोटा, प्रथम उपाध्यक्षमा डीबी थापा, द्धितीय उपाध्यक्षमा सुमन पोखरेल, महिला उपाध्यक्षमा निशा केसी छन् । सचिवमा आवृत्ती भुसाल, कोषाध्यक्षमा गोविन्द भण्डारी, सहसचिवमा आरुती रुचाल र सह–कोषाध्यक्षमा विष्णु न्यौपाने चुनिएका छन् ।
सदस्यहरूमा उमा गिरी, नवराज भण्डारी, डीबी कालिज, सविन भण्डारी, विक्रम शर्मा, यडीशा गैरे, भुवन लम्साल, प्रकाश सापकोटा, अमृत सापकोटा, काजिस श्रेष्ठ, मिलन विश्वकर्मा, रोशन रेग्मी र अञ्जु अधिकारी छन् ।





