काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले प्रस्तावित स्वास्थ्यमन्त्री डा. संगीता कौशल मिश्राको नाम मन्त्री बन्ने सूचीबाट हटाएकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका कारण मिश्राको नाम काटिएको हो । प्रधानमन्त्री कार्कीले आइतबार पाँच जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाएका थिए, जसमा मिश्रको नाम पनि समावेश थियो । मन्त्रिपरिषद् स्रोतका अनुसार, ‘हिजोको सूची सच्याएर आज पुन: चार मन्त्रीकाे नाम मात्र पठाइएको छ । मिश्राको नाम हटाइएको छ ।’
अब आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले मात्र शपथ लिने भएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ ।





