जेनजी आन्दोलनमा सुदूरपश्चिममा ६९१ सवारीसाधनमा क्षति

२०८२ आश्विन ६, सोमबार

धनगढी : जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशमा ठुलो भौतिक क्षति भएको छ । प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार आन्दोलनको क्रममा भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधिबाट ६९१ सवारीसाधनमा क्षति पुगेको छ ।

प्रहरीको तथ्याङ्कअनुसार, क्षतिग्रस्त सवारीसाधनमध्ये १५७ वटा सरकारी कार्यालयमा प्रयोग हुने चार पाङ्ग्रे गाडी रहेका छन् । दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी कुल ६९१ सवारीसाधनमा क्षति पुगेको हो । आन्दोलनकारीले सरकारी तथा निजी सवारीसाधनलाई निशाना बनाएका थिए । जसबाट अर्बौँ रुपैयाँ बराबरका सरकारी संरचना ध्वस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार