टी–२० एसिया कप : पाकिस्तानलाई हराउँदै भारतले जित्यो उपाधि

२०८२ आश्विन १३, सोमबार

काठमाडौं : यस वर्षको टी–२० एसिया कपको उपाधि भारतले जितेको छ।

आइतबार भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको हो। यो भारतको नवौं एसिया कपको उपाधि हो। फाइनल खेलमा सुरुमा ब्याटीङ गरेको पाकिस्तानले राम्रो सुरुवात गरेको थियो। ओपनरले ८४ रनको साझेदारी गरेकामा पछि ब्याटीङ धरासायी हुँदा १४६ रनमा अलआउट भएको थियो।

१४७ रनको लक्ष्य भारतले ५ विकेट गुमाएर १९.४ ओभरमा पुरा गरेको हो । भारतका लागि तिलक बर्माले ६९ रनको अविजित पारी खेलेर टिमलाई उपाधि दिलाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार