काठमाडौं : सिन्धुलीको दुधौली नगरपालिका ५ ठाकुर खोलापुलमा सडकमा रहेको रेलिङमा मोटरसाइकल ठोक्किदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
मदन भन्डारी राजमार्गमा सिर्थौलीबाट डकाहा तर्फ जाँदै गरेको ग ८ प २७४५ को मोटरसाईकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते हुनेमा दुधौली १ का बर्ष २४ को किरण धामी र सोहि ठाउँका बर्ष ३० को जीवन धामी रहेको इलाका प्रहरी कार्यालय डाकाहका प्रमुख प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिइन् । दुर्घटनामा वर्ष ३२ को क्षितिज धामी सामान्य घाइते भएका छन् ।
मादक पदार्थ सेवन गरेर एउटै बाइकमा चढेका उनीहरू सवार मोटरसाइकल अनियन्त्रित भएर रेलिङमा ठोक्किएको प्रहरीले जनाएको छ ।









