प्रधानमन्त्री कार्कीले यस वर्ष दसैँको टीका नलगाउने

२०८२ आश्विन १३, सोमबार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादसैँमा टीका नलगाउने भएकी छन् ।

बडादसैँको पावन अवसरमा आज जारी शुभकामना सन्देशमा यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि लगाइदिने कार्यक्रम नरहेको जनाएको छ । “यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम छैन,” सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी हुन् । साथै, उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार