रवि भेट्न नख्खु पुगेका निकोलस भुसाल मेयर बालेनप्रति आक्रोशित

२०८२ आश्विन १३, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका अभियन्ता निकोलस भुसाल भेट्न नपाई फर्किएका छन् ।

रविलाई भेट्ने अनुमति नपाएपछि उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेका छन् ।

भुसालले अघिल्लो सरकारको तुलनामा वर्तमान सरकारले रविमाथि बढी दमन गरेको आरोप लगाए । ‘मैले भैरहवामा र पोखरामा रविलाई भेटेको थिएँ, तर यहाँ भेट्न सकिनँ । पार्टीका वरिष्ठ नेता र परिवारका सदस्यले समेत भेट्न पाएका छैनन् । दसैँमा पनि परिवारको एक जनालाई मात्र भेट्न दिइएको छ,’ भुसालले भने, ‘यो सरकारले अघिल्लो सरकारभन्दा पनि बढी अत्याचार गरिरहेको छ ।’

भुसालले मेयर साहलाई यो दमनको मुख्य जिम्मेवार ठहर्‍याएका छन् । उनले बालेनलाई रवि, हर्क, निकोलस र दुर्गा जस्ता व्यक्तित्व बाहिर आए आफ्नो प्रभाव घट्ने डर रहेको दाबी गरे ।

‘बालेनलाई अमेरिकी र भारतीय दूतावासले प्रयोग गरिरहेको छ,’ उनले भने । रविसँग आगामी योजनाबारे छलफल गर्न आएका भुसालले भेट्न नपाएकोमा दुखेसो गरे । उनले सरकारको यो रवैया लोकतान्त्रिक मूल्यविपरीत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार