लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद

२०८२ आश्विन १३, सोमबार

काठमाडौं : जिल्ला प्रशासन कार्यालयले अनुदानको ४० बोरा मल (डीएपी) बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा आज गोलबजार नगरपालिका– ६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष रायले जानकारी दिए । उनले भने, ‘नेपाल सरकारद्वारा अनुदानित कृषि सामग्री कम्पनीको मल लुकाएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ४० बोरा डिएपी र युरिया मल बरामद गरिएको हो ।’

बरामद मल इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाममै सिल गरिएको र घरधनी हालसम्म फेला नपरेकाले थप विवरण खुल्न नसकेको रायले बताए ।

यसअघि ८ असोजमा सोही स्थानबाट १५४ बोरा अनुदानको मल बरामद गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार