काठमाडौं : वेस्ट इन्डिजमाथि लगातार दोस्रो जित हात पार्दै नेपालले तीन खेलको टी–२० आई सिरिज आफ्नो पक्षमा पारेको छ।
संयुक्त अरब इमिरेट्सको सारजहा क्रिकेट स्टेडियममा सोमबार भएको सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानसहित १ खेलअगावै सिरिज जितेको हो। नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त टोलीसँग टी–२० आई सिरिज खेलेको हो।
पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले वेस्ट इन्डिजमाथि लगातार कीर्तिमानी जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७४ रनको विशाल लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अल आउट भयो।
सिरिजको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।





