काठमाडौं : नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद सूर्यबहादुर थापा क्षेत्रीले भदौ २३ र भदौ २४ गतेको घट्नाको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीबाट निष्पक्ष छानबिन हुनसक्ने न्यायिक मन र हैसित नदेखिएको टिप्पणी गरेका छन् ।
उनले कार्कीलाई निन्दा र भत्सर्नाको भूमरीमा नपर्नपनि सुझाएका छन् । उनले छाडेर बाटो लागिकन आफ्नो इज्जत जोगाउन कार्कीलाई सुझाव दिएका छन् । थापाले सोमबार फेसबुकमार्फत कार्कीलाई जिम्मेवारीबाट अलग हुन भनेका हुन् ।
उनले लेखेका छन्-“गौरीबहादुर कार्की श्रीमान् तपाईंबाट निष्पक्ष छानविन हुनसक्ने न्यायिक मन र हैसियत दुबै देखिएन। निन्दा र भर्त्सनाको भुमरीमा नपर्नुस, छाडेर बाटो लागिकन इज्जत जोगाउनुस!”
थापाले कालो मन भएको र स्वार्थ बाझिएको व्यक्ति जाँचबुझ आयोगको अध्यक्ष हुन नमिल्ने टिप्पणी गरेका छन् । उनले भनेका छन्,”दुनियाँले स्वीकार गर्दैन। लोक लाजका लागि पनि छानविन तथ्यपरक र निष्पक्ष हुनुपर्छ।”










