कस्तो रहनेछ आजको मौसम ?

२०८२ आश्विन १४, मंगलवार

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।

आज दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहने छ। तर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

आज राती कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भू-भागका एक-दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार