जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्न माग

२०८२ आश्विन १४, मंगलवार

काठमाडौं : लामो समयदेखि बन्द जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको माग गर्दै युवाहरूको समूहले सोमबार मधेश प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई ज्ञापनपत्र बुझाएको छ ।

कारखाना बन्द हुँदा मधेश प्रदेशको अर्थतन्त्र, सुर्ती खेतीमा आश्रित किसान र मजदुरको जीविकोपार्जनमा गम्भीर असर परेको उनीहरूको भनाइ छ ।

ज्ञापनपत्रमा जचुकाले विगतमा रोजगारी सिर्जना र किसानको आयस्रोतमा महत्त्वपूर्ण योगदान पु¥याएको तर सरकारी उदासीनता र राजनीतिक हस्तक्षेपका कारण बन्द भएको उल्लेख छ । ‘स्पष्ट औद्योगिक नीति र दीर्घकालीन योजनाको अभावले कारखाना बन्द भयो, जसले हजारौँ किसानको आयस्रोतमा धक्का पुगेको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

बन्द कारखानाले बेरोजगारी बढाएको, किसानको उत्पादन बिक्रीमा समस्या भएको र जीवनस्तर खस्किएको उनीहरूको चिन्ता छ । युवाहरूले कारखाना पुनः सञ्चालनका लागि मधेश प्रदेश सरकारले प्रयोग गरिरहेको स्थल खाली गर्न, विशेष अध्ययन टोली गठन गर्न र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले अघि सारेको उद्योग बिक्री प्रक्रिया रोक्न माग गरेका छन् ।

कारखाना सञ्चालनले हजारौँ किसानको आर्थिक उन्नति, रोजगारी सिर्जना र कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्ने उनीहरूको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार