सर्पदंशबाट तीन वर्षीय बालकको मृत्यु

२०८२ आश्विन १४, मंगलवार

कञ्चनपुर : कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो । आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

गएराति करिब २ बजे उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार