श्रीमतीको हत्या आरोपमा शिक्षक पक्राउ

२०८२ आश्विन १५, बुधबार

काठमाडौं : सुनसरीको इटहरी उपमहानगरपालिकास्थित खनारमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

अभियुक्त खोटाङको ऎसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयमा प्रधानाध्यापक रहेका सुमन दाहालले इटहरीको खनारस्थित आफ्नै निवासमा श्रीमती अनिशा भट्टराईको मंगलबार हत्या गरेका हुन्। मृतक भट्टराई पनि खोटाङको मयुर आवासीय विद्यालय, सानोडुम्रे (महेश्वरी) मा कार्यरत पूर्व शिक्षक थिइन्।

घटनाबारे प्रहरीले जानकारी पाएलगत्तै श्रीमतीको हत्या अभियोगमा दाहाल पक्राउ परेका छन्। सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले घटनाबारे अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

“घटनाबारे प्रारम्भिक अनुसन्धान जारी छ, अभियुक्तलाई नियन्त्रणमा लिएको छ,” एसपी थेबेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार