अक्टोबर ९ मा कुनै आन्दोलन छैन : मिराज ढुंगाना

२०८२ आश्विन १५, बुधबार

काठमाडौँ : जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा जेनजीको कुनै पनि आन्दोलन नभएको बताएका छन् ।

ढुंगानाले अक्टोबर ९ मा जेनजीहरूको फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा हल्ला फैल्याएको भन्दै त्यस्तो कुनै आन्दोलन भएको स्पष्ट बनाएका हुन् । उनले जेनजीहरुले गर्ने एजेन्डाबिना आन्दोलन अर्थ नभएको भन्दै आफूहरू यसमा संलग्न नहुने बताए ।

उनले जेनजीहरूले देशमा कायम भएको शान्ति विथोल्न नचाहेको बताए । उनले भनेका छन्, ‘धेरैले मलाई अक्टोबर ९ को विषयमा सोधिरहनुभएको छ । म प्रस्ट्याउन चाहन्छु अक्टोबर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने योजना छैन । त्यस्तोमा हामी संलग्न हुँदैनौँ । शान्तिपूर्ण रूपमा केही गर्न सकिएला तर हिंसात्मक गतिविधि हुनु हुँदैन ।’

उनले एजेन्डाबिना कुनै पनि आन्दोलन गर्नुको औचित्य नभएको पनि बताएका छन् । उनले भने, ‘गत अक्टोबर ८ मा हामी मुसा मार्न गएका थियौँ, बाघ मारेर ल्यायौँ । अब बाघ बोकेर ल्याउन सकिँदैन जंगलबाट । एजेन्डाबिना हामी कुनै पनि खालको प्रदर्शनमा भाग लिदैनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार