सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको थियो : राजु पाण्डे

२०८२ आश्विन १६, बिहीबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले २४ भदौमा सिंहदबारको लागेको आगो निभाउन सबभन्दा पहिले काठमाडौं महानगरको दमकल पुगेका दाबी गरेका छन् ।

बुधबार दिउँसो नगर प्रहरी प्रमुख पाण्डेले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेख्दै सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको दाबी गरेका हुन् । भदौ २३ देखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा प्रदर्शनकारीले सिंहदबारमा तोडफोड र आगजनी गरेका थिए ।

जनस्तरमा काठमाडौं महानगरदेखि नजिकैको देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदबारमा आगजनी हुँदा दमकल नपठाएको भन्दै मेयर बालेन साह र महानगरको जनस्तरमा आलोचना भइरहेको छ । नगर प्रहरी प्रमुख पाण्डेले भने सिंहदबारमा आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले गएको कुरा विश्वास नलागे नेपाली सेनाले सोध्न समेत भनेका छन् ।

‘सिंहदरबारमा आगो निभाउन सबभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको थियो । पत्यार नलागे नेपाली सेनासँग सोधे हुन्छ,’ पाण्डेले लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार