कङ्कालिनी भगवती मन्दिरमा ५९० वटा राँगाको बली

२०८२ आश्विन १६, बिहीबार

राजविराज : बडादसैँको अवसरमा यस वर्ष सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिमा ५९० वटा राँगाको बली चढाइएको छ ।

मन्दिरमा राँगा दार्ता डायरी फाटमा कार्यरत शम्भुकुमार मण्डलका अनुसार गत वर्ष भने मन्दिरमा ६१८ वटा राँगाको बली दिइएको थियो । मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका वीरेन्द्र माझीको राँगाको सुरुमा बली दिइएको थियो ।

कङ्कालिनी नगरपालिका–१ अध्यक्ष सुरेन्द्र मण्डलका अनुसार त्यसपछि देशका विभिन्न ठाउँ र भारतको बिहार राज्यबाट ल्याइएका पशुहरुको बली दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार