महोत्तरीमा बस दुर्घटना, एक जनाको मृत्यु

२०८२ आश्विन १७, शुक्रबार

काठमाडौं : महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६४ नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । एक जना बसमा च्यापिएका छन् ।

प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार