आन्तरिक हवाई भाडादर सार्वजनिक, कहाँको कति ?

२०८२ आश्विन १७, शुक्रबार

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडादर सार्वजनिक गरेको छ । प्राधिकरणले बिहीबार भाडादर सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार, काठमाडौं–विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै, काठमाडौं–भरतपुरको चार हजार ६४३, काठमाडौं–भद्रपुर १२ हजार ११२, जनकपुरको पाँच हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।

यस्तै, काठमाडौं–धनगढीको १७ हजार ५७९, सिमराको ३ हजार ९७८, भैरहवाको ८ हजार ४६१, राजविराजको ८ हजार २१०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६३० रुपैयाँ तय भएको छ ।

तोकिएको भाडादरभन्दा बढी रकम लिएर टिकट बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

558091394_1140100341557158_5288384648894002861_n-1759469394.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार