काठमाडौं : रामेछाप नगरपालिका–७, भालुखोपस्थित सडकमा ट्याक्सी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
भालुखोपबाट रामेछाप डाँडातर्फ आउँदै गरेको बागमती बी.एच. ९२१९ नम्बरको ट्याक्सी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक मन्थली नगरपालिका–४, हुडीछाप बस्ने ४१ वर्षीय लालकाजी घिसिङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो ।









