बस दुर्घटनाका गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

२०८२ आश्विन १७, शुक्रबार

काठमाडौँ : महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

सो दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका लागि गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौँ ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु र ४० जना घाइते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार