किराती राजाहरुको सन्तान भएकोले प्रधानमन्त्रीमा मेरो हक लाग्छ : हर्क साम्पाङ

२०८२ आश्विन १७, शुक्रबार

काठमाडौं : धरानका मेयर हर्कराज साम्पाङ्ले आफूलाई प्रधामन्त्री बन्न काठमाडौं गयो भनेर धेरैले खिसी गरेको टिप्पणी गरेका छन् ।

उनले आफू प्रधानमन्त्री बन्नको लागि नै काठमाडौं आएको स्विकारेका छन् । देश जलिरहेको र ढलिरहेको टुलुटुलु हेरेर बस्न नसकेर काठमाडौं गएको र नेतृत्व लिन्छु भनेको स्मरण गराएका छन् ।

आफू देशलाई विछट्टै माया गर्ने जिम्मेवार नागरिक भएको हैसियतल पनि देशको प्रधानमन्त्री बन्ने हक लाग्ने उनको भनाई छ । आफू यो देशमा सबभन्दा लामो समय शासन गर्ने किराती राजाहरुको सन्तान भएकोले पनि प्रधानमन्त्री बन्नको लागि आफ्नो पूरापुरी हक लाग्ने पनि उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार