मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

२०८२ आश्विन १८, शनिबार

काठमाडौं : मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलाको सडक एकतर्फी बनेको छ।

शनिबार बिहानै पहिरो झरेको हो। सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा अहिले पनि पानी परिरहेको छ।

पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेकोले यात्रामा सावधानी अपनाउन सडक डिभिजनले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार